राजनीति

मन्त्रालय बाँडफाडमा मोटामोटी सहमति

सरकार गठन भएको तीन महिना हुनलाग्दा पनि सत्तारुढ गठबन्धनबीच मन्त्रालय बाँडफाडमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । शीर्ष नेताहरुले मन्त्रिमण्डल विस्तारका लागि पटक पटक गरेका बैठक निष्कर्षहीन भैरहँदा आज भने मन्त्रालय बाँडफाँटमा सहमति भएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका नेताबीच मन्त्रालय बाँडफाँटमा सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘मोटामोटी रूपमा मन्त्रालयमा सहमति भएको छ । यो हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने कुरा भएको छ’।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.