जन सरोकार

दशैँ भत्ताको रकम बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई कपडा

भरतपुर महानगरपालिकाका एक वडासदस्यले दशैँ अगाडि प्राप्त गर्नुभएको झण्डै रु ४० हजार भत्ता सामाजिक काममा लगाउनुभएको छ ।

वडा नं १० का सदस्य रेशमराज थापा (ऋषि) ले प्राप्त भत्तालाई पहिलोपटक शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गर्ने घोषणा गर्दै मङ्गलबार नारायणी माध्यमिक विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई लत्ताकपडा उपलब्ध गराउनुभयो ।

बालबालिकालाई टिसर्ट, पाइन्ट र जुत्ता प्रदान गर्दै उहाँले शिक्षा र स्वास्थ्य आफ्नो पहिलो प्राथमिकता भएकाले आफ्नै वडाभित्रको विद्यालयमा अध्ययनरत बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको बताउनुभयो ।

“यो मेरो सुरुआत मात्रै हो, मैले पाँच वर्षसम्म जे जति भत्ता पाउँछु सबै रकम यसरी नै शिक्षा र स्वास्थ्यमा खर्च गरेर सहयोग गर्नेछु”, वडासदस्य थापाले भन्नुभयो, “दसैँको बीचमा कार्यक्रम गरिएकाले धेरै विद्यार्थी समेट्न सकिएन तर आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु ।”

उहाँले उक्त विद्यालयका विद्यार्थीका साथै भरतपुरमा ठेला व्यवसाय गरी छोराछोरी पढाइ रहेका अभिभावकलाई पनि कपडा सहयोग गर्नुभयो ।

दशैँमा नयाँ कपडा पाएपछि बालबालिकाको मुहारमा खुसी छाएको थियो । उक्त विद्यालयका अध्यक्ष टेकबहादुर गुरुङले युवा जनप्रतिनिधिको सकारात्मक कार्यले थप ऊर्जा मिलेको बताउनुभयो ।

बौद्धिक अपाङ्गता भएका बालबालिकालाई घरपरिवारले समेत माया नगर्ने गरेको भन्दै उहाँले जनप्रतिनिधिले दिएको सहयोगले विद्यार्थीलाई हौसला मिलेको छ भन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.