जापान

‘पेन्सनपट्टा’को ७० प्रतिशत टिकट बुकिङ, समयमै आफ्नो सिट सुरक्षित राख्नुहोला

जापानको राजधानी टोकियोमा यही अक्टोबर १२ सोमबार प्रदर्शन हुने सुपरहिट नेपाली चलचित्र पेन्सनपट्टाको टिकट बुकिङ खुलेको केही दिनमै ७० प्रतिशत बुक भएको आयोजकले जानकारी दिएका छन् ।

न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा अक्टोबर १२, मा टोकियोस्थित मेगुरो कुमिन सेन्टर, २–४–३६ मेगुरो, मेगुरो–कु, टोकियो १५३–००६३ मा चलचित्रको दुईवटा प्रदर्शन हुनेछ।

पहिलो प्रदर्शन दिउँसो १ बजे र दोस्रो प्रदर्शन अपराह्न ४ः३० बजे हुनेछ। टिकटको मूल्य ३ हजार येन निर्धारण गरिएको छ। आयोजकले अनलाइन र भौतिक टिकट बुकिङ खुला गरी सम्पर्क व्यक्ति र फोन नम्बर समेत सार्वजनिक गरिसकेको छ ।

आयोजकहरुले सिट संख्या सीमित भएकाले समयमै आफ्नो सिट बुक गरी मौलिक नेपाली चलचित्र दर्शन गरी मनोरञ्जन लिन टोकियोबासी नेपालीहरुलाई अनुरोध गरेका छन् ।

भौतिक रुपमा टिकटका लागि अमर गुरुङ : ०९०–८५०२–४०७२, हर्क गुरुङ : ०८०–३५५७–४४२२, युक्तमान गुरुङ : ०९०–६०४७–३१७८, बुद्ध गुरुङ (आन्द्रे) : ०८०–६६५४–०९१४, सुनिता गुरुङ : ०७०–९००९–५६४६, पूजा गुरुङ : ०८०–५८७३–३९६२, रमेश गुरुङ : ०८०–३५८५–०१०९, हिमाली गुरुङ : ०८०–३३४७–२०२६, श्री गुरुङ : ०९०–४४५३–५३५०, दीपक पौडेल (एनआईटिभी) : ०९०–९१५४–३१५४, नवीन भट्टराई (एनआईटिभी) : ०८०–४९४९–६३७०, नवीन रेग्मी (एनआईटिभी) : ०८०–४९४९–६३८३ मा सम्पर्क गर्न सकिनेछ ।

अनलाइनबाट टिकट बुक गर्न यो लिंकमा जानुहोस्

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.