जल/वातावरण

धरान र चितवनमा दुई वृद्धको कोरोना संक्रमणबाट मृत्यु

मंगलबार विहान धरान र चितवनमा गरी दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । समाचार अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उहाँको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।

हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

यसै गरी चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिनुभयो ।निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

उहाँलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उहाँलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.