प्रदेशलुम्बिनी

दुई तिहाई मतले पारित भो प्रदेश नम्बर ५ को राजधानी प्रस्ताव

विपक्षी सांसदसहित सत्तारुढ दलकै केही नेताहरुको बिरोधका वावजूद प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाई मतले पारित भएको छ ।

प्रदेशसभाको मंगलबारको बैठकमा भएको मतदानबाट दुई तिहाइ बहुमतका साथ दाङको देउखुरी प्रदेश नम्बर ५ को स्थायी राजधानी कायम भएको हो । मतदानमा देउखुरीको पक्षमा ६९ र विपक्षमा १३ मत खसेको सभामुख पूर्ण बहादुर घर्तीले बताउनुभयो । घर्तीका अनुसार प्रदेशसभामा ८७ सदस्य रहेकामा मतदानमा मा ८२ सांसदको मात्र उपस्थित रहेको थियो ।

प्रदेश राजधानी दाङ कि बुटवल भन्नेमा तीव्र विवाद रहेको थियो । प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

त्यसको विरोधमा उधिएको प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो । तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीव विपरित फ्लोर क्रस गरेका छन् । किनकी कांग्रेसका १९ सांसद छन् तर विपक्षमा १३ भोट मात्र खसेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.