जन सरोकार

चरित्रहत्या तथा लोकसेवाको परीक्षा उत्तीर्ण गराइदिने भन्दै रकम असुल्ने पक्राउ

विभिन्न व्यक्तिहरुको नक्कली फेसबुक आइडी बनाएर आफैंले च्याट गरी त्यसका आधारमा चरित्र हत्या गर्ने र रकम असुल गर्नुका साथै सिटिइभिटी, नर्सिङ् काउन्सिल तथा लोकसेवाको परिक्षामा समेत उत्तिर्ण गराईदिन्छु भनि रकम ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

जुम्ला पाण्डव गुफा गाविस वडा न ४ घर भई हाल परिवर्तित कनका सुन्दरी गापा वडा न ७ रोकाया वडागाउँ वस्ने वर्ष २६ को पसल रोकायालाई महानगरीय प्रहरी परिसर काठमाण्डौले पक्राउ गरी थप अनुसन्धान अगाडी बढाएको छ ।

यस्र गरी २०७३ मंसिर ११ गते राती जुम्लाको श्री चन्दननाथ मन्दिरबाट चोरी भएका विभिन्न पुरातात्विक मुर्तिहरु मध्ये कर्णाली प्रदेश प्रहरी कार्यालय र जि।प्र।का।जुम्लाबाट खटिएको संयुक्त प्रहरी टोलीले मिति २०७७ असोज १९ गते सोही जिल्लाको चन्दननाथ नगरपालिका वडा नं।१० बोहोरागाउँमाा फेला परेको छ ।

स्थानसुीय शील विष्टको जग्गामा रहेको सुकेको घाँसको थुप्रोको बिचमा खादामा बेरी राखेको अवस्थामा ती मुर्तीहरुसहित सोही नगरपालिका वडा नं. १० वस्ने वर्ष ३२ को सुशिल विष्ट र वर्ष २८ को जयलाल थापा तथा वर्ष २३ को सुदिप रावललाई पक्राउ गरी जुम्ला जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.