जापान

सागर रिजालको नेतृत्वमा नेकपा एसको जापान कमिटि गठन

भर्खरै गठन भएको माधब नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको जापान कमिटि गठन भएको छ । यस अघि पहिले एमाले सम्बद्ध ब्यक्ति द्वारा सागर रिजालको नेतृत्वमा समाजबादीको संगठन बिस्तार गरेको अध्यक्ष रिजालले बताए । प्रवासी नेपाली मञ्च जापानका पूर्व अध्यक्ष कृष्ण खड्का र पोलिटब्युरो सदस्य तथा प्रवास ईञ्चार्ज श्रीप्रसाद शाहको प्रमुख आतिथ्यतामा पैतिस सदस्यीय प्रवासी नेपाली एकता मञ्च जापानको गठन भएको जनाइएको छ ।

सोहि पार्टीका अस्ट्रेलियाका अध्यक्ष राजन कुमार बस्नेत, ईञ्चार्ज शाह र सोहि कार्यक्रमका सभापति समेत रहेका कृष्ण खड्काले गोपनियताको सपथग्रहण गराएका थिए । पैतिस सदस्यिय घोषित कमिटीको अध्यक्षमा सागर रिजाललाईसर्बसम्मत चयन गरिएको उपाध्यक्ष द्रोण शिलवालले जानकारी दिए ।

पदाधिकारी तथा सचिवालय र सदस्यहरूमा आबस्यकता अनुसार थपघट गर्दैजाने सहमति सहित कमिटीमा सात उपाध्यक्ष रहने गरि हाललाई पांच उपाध्यक्ष सहित भोजराज भण्डारी, चिन्तामणी आचार्य, द्रोण सिलवाल, भिम न्यौपाने र प्रकाश महरा र महासचिवमा तिलक दाहाल तथा ऊपमहासचिव टक्कर कुवँर सचिव द्वय सचिन नेम्वाङ्ग , हरि लामिछाने र कोषाघ्यक्ष श्रीकृष्ण अर्याल सहितको पदाधिकारी चयन गरेको छ ।

त्यस्तै कमिटीको सल्लाहकारमा कृष्ण खड्का, दिनेशराज ज्ञवाली र सागरमणि भण्डारी चयन गरेको छ । कार्यसमितिमा अध्यक्ष: सागर रिजाल उपाध्यक्ष: चिन्तामणि आचार्य, भोजराज भण्डारी, द्रोण सिलवाल, भीम न्यौपाने, प्रकाश महरा , महासचिव: तिलक दाहाल उपमहासचिव: टक्कर कुवँर,सचिव: सचिन नेम्वाङ्ग, हरि लामिछाने ,कोषाध्यक्ष: श्रीकृष्ण अर्याल ,सदस्यहरू:,माधव आचार्य (सचिवालय सदस्य),लक्ष्मी पाण्डे,ईन्दिरा कोईराला, रतन बोहोरा,राज सापकोटा, मुकुन्द भण्डारी,भुवन घिमिरे,सुरेन्द्र थापा, रत्ना कुवँर,हिमांसु सिं ठकुरी,बिश्वास न्यौपाने ,जनकराज मण्डल , प्रदिप अर्याल, शिक्षा सत्याल, निर्प कुवँर,प्रल्हाद अधिकारी , नरेन्द्र भण्डारी,सन्दिप खत्री , मान ब. महरा ,ऊद्धव अर्याल, कृष्ण प्रसाद धमला, मुक्ति चापागाईं, नकुल तिमल्सिना , मदन कोईराला रहेका छन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.