जन सरोकार

भारतबाट नेपाल आउँदै गरेको भ्यानमा २८ वटा मानव खप्पर

भारतबाट नेपाल आउँदै गरेको मारुती भ्यानबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा मानव खप्प र अन्य अंगसहित दुईजनालाई पक्राउ गरेको छ । समाचार अनुसार नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंगसहित उनीहरुलाई पक्राउ गरेको हो ।

मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको जानकारी दिनुभएको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट सशस्त्र प्रहरीले सोमबार राति भ्यानबाट शंकास्पद वस्तु फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा ती वस्तु मानिसको खप्पर र हातखुट्टाको हड्डी रहेको प्रहरीले निश्कर्ष निकालेको छ ।

रातको समयमा भारतको जोगवनीबाट को २ च ९६४८ नम्बरको मारुती भ्यान ती सामग्री बरामद भएको थियो । कछुवाको ढाडको हड्डी र वन्यजन्तुको नली खुट्टा भएको अनुमान गरे पनि वन्यजन्तु विज्ञ र चिकित्सकले मानव अङ्ग भएको बताएका थिए ।

प्रहरीले भेनका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । उनीहरुले सामान काठमाडौं लैजाने तयारी रहेको बयान दिएका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले घटनाको अनुसन्धान भइरहेको बताए । ती वस्तु कता लैजान खोजिएको भन्ने नखुलेको उनले बताए । पक्राउ परेकाहरु भरिया रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निश्कर्ष छ । उनीहरुले काठमाडौंँसम्म लैजाने वयान दिए पनि के मा प्रयोग हुन्छ भन्ने खुलाएका छैनन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.