जन सरोकार

यी हुन् नेपालको पहिलो महिला प्रहरी

नेपाल प्रहरी स्थापनाको ६६ वर्ष पूरा भएको छ । २००७ सालमा विधिवत स्थापना भएको नेपाल प्रहरीका अनेक आयाम छन् । यीमध्ये एक हो पहिलो महिला प्रहरी ।

धेरैलाई ज्ञात नहुनसक्छ कि नेपालको पहिलो महिला प्रहरी को हुन् भन्ने । नेपालको पहिलो महिला प्रहरी हुन् चैतमाया डङ्गोल ।

६६ औं प्रहरी दिवसका अवसरमा आव प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष समारोहमा नेपालको पहिलो महिला प्रहरी डङ्गोललाई सम्मान गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ६६औं प्रहरी दिवस समारोहमा पहिलो महिला प्रहरी (पूर्व प्रहरी सहायक निरीक्षक) चैतमाया डङ्गोललाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गर्नुभएको हो ।

नेपाल प्रहरीको इतिहास मुलुकको राजनीतिक परिवर्तनसंग जोडिएको छ । जहानीया राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि संघर्षरत मुक्ति सेनालाई २००७ सालको परिवर्तनपछि नेपाल प्रहरीका रुपमा स्थापना गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.