क्रिकेटखेल

सन्दीप लामिछाने १० बजे विमानस्थलमा उत्रँदै

एक नाबालिग युवतीमाथि जवर्जसती करणी गरेको आरोपमा अभियोग दर्ता गरिएका नेपाली राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज (२० असोज) १० बजे नेपाल आउने भएका छन् ।

लामिछानेले सामाजिक सञ्जालमार्फत आफू कतार एयरवेजको उडानबाट आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्न लागेको जानकारी दिएका हुन् ।

त्यस्तै लामिटछानेले यसबारेमा नेपाल प्रहरीलाई पनि जानकारी दिइसकेको र आmूलाई हत्कडी नलगाइ लैजान अनुरोध पनि गरेका छन् ।

गत भदौ २१ गते एक बालिकाले जवर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । आफूविरुद्ध उजुरी पर्दा उनी क्यारेबियनल लिग खेल्न नेपालबाहिर थिए ।

उनी विरुद्ध नेपाल प्रहरीको आग्रह अनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.