जन सरोकार

साप्ती र बबई नदीमा बाढी, सचेत रहन आग्रह

दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको पश्चिम राप्ती र बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ । दुबै नदीमा जल सतह ६ मिटर नाघेको छ ।

बाढी सूचना केन्द्रका अनुसार राप्ती नदीमा ५.४० मिटर पुगेपछि खतरा मानिन्छ । राप्तीमा ६.२ मिटर पुगेको छ । यसै गरी बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिनेमा ६.१० मिटर पुगेको छ ।

नदीमाा बाढी आएपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएको छ । नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ । अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

यसैगरी लगातार वर्षाका कारणले नेपालगञ्जको रामलिला मैदानमा बडादशैंको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सव दशहरा मेला स्थगित भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.