जन सरोकार

विमानस्थलमा ओर्लिएलगगत्तै पक्राउ परे सन्दीप

नेपाली राष्ट्रिय क्रिकेटको टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् । जवर्जस्ती करणीको अभियोग लागेका लामिछानेलाई बिहिबार विमानस्थलमा ओर्लेलगत्तै पक्राउ गरिएको हो ।

विदेशमै रहेको बेला गत भदौ २१ गते एक युवतीले जवर्जस्ती करणीको जाहेरी दिएकी थिइन् । लामिछाने विरुद्ध उजुरी पर्दा उनी क्यारेबियन लिग खेल्न नेपाल बाहिर थिए ।

उजुरी परेको लामो समयसम्म सम्पर्कमा नरहेपछि लामिछाने विरुद्ध नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो ।

आफू असोज २० गते नेपाल आउने जानकारी दिएका लामिछाने कतार एयरवेजको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै काठमाडौं प्रहरीले पक्राउ गगरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे नै ओर्लिने भने पनि खराब मौसमका कारण विमान अवतरण गर्न नसक्दा केहीबेर ढिलाइ भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.