जापान

“युवाहरूको सक्रियताले मात्र मुलुकले काँचुली फेर्छ”

परराष्ट्रमन्त्री डा. नारायण खडकाले युवाहरूको सक्रियताले मात्र मुलुकले काँचुली फेर्ने बताउँदै यसका लागि सबै युवाहरुलाई सक्रिय रहन आग्रह गर्नुभएको छ ।

मंगलबार उदयपुरबाट जापान आई बिभिन्न पेसा व्यवसायमा संलग्न नेपालीयुवाहरूले आयोजना गरेको अनलाईन शुभकामना आदनप्रदान कार्यक्रमलाई संम्वोधन गर्दै मन्त्री खडकाले देश विकासका लागि युवाहरूको अग्रणी भूमिका रहने बताउनुभयो ।

मुलुकको समग्र विकासमा स्थानीय तहका युवाहरूको मार्ग निर्देशन सहित हरेक तह र तप्काबाट खवरदारी गर्नुपर्ने बताउनु भयो। खोलामा पुल हाल्दा होस वा बाढी नियन्त्रण लगायतका विषयमा राज्यलाई स्थानिय रूपमा मार्ग निर्देश गर्नु जरूरी रहेको भन्दै उहॅाले शिक्षा, स्वास्थ्य तथा रोजगारी लगायतका सवालमा पनि युवाहरूले मार्ग निर्देशन गर्न आवश्यक छ।

मुलुकमा रहदॅा तथा विदेश जहॅाबाट भएपनि युवाहरूले समुदायको मन तथा भावनालाई ख्याल गरेर काम गर्नुपर्ने बताउनु भयो।

सामाजिक अभियन्ता नरेन्द्र वस्नेत दिनेशको सभापतित्वमा भएको कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष महेश कटवाल, व्यवसायी नीरज कटवाल, डिका कार्की, संजय कार्की, पत्रकार आनन्द कोइराला, ध्रुव खडका, आनन्द काफ्ले लगायतले स्थानिय समस्या लगायतका भनाई सहित शुभकामना मन्तव्य राख्नु भएको थियो। निलम राउतले संचालन गरेको कार्यक्रममा करिव तीन दर्जन उदयपुरेहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.