खेलफूटबल

कतारमा विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने

कतारमा हुने विश्व कप फुटबलमा सुरक्षा सहयोग गर्न टर्कीले सेना पठाउने भएको छ । टर्कीको संसदले सो सम्बन्धी कानुन बुधबार पास गरेको हो ।

टर्कीले आफ्नो सेना कतार पठाउने विषयमा संसदमा प्रस्ताव ल्याएको र सो सम्बन्धी प्रस्ताव टर्कीको प्रहरीले पास गरेको हो । कतारमा हुन गइरहेको विश्व कप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाउन लागेको हो ।

कतारले टर्कीसँग सेनाको सहयोगका लागि अनुरोध गरेको थियो । कतारमा हुने विश्वकप फुटबलमा सहयोगका लागि टर्कीले सेना पठाएको भएको हो । सो सहयोग सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार प्रस्तुत गरिएको र मङ्गलबार सो प्रस्ताव पारित भएको हो ।

उक्त प्रस्ताव अनुसार टर्कीले कतारमा छ महिनासम्मका लागि सेना पठाउने भएको छ । टर्कीले कतारमा के कतिजना सेना पठाउने भन्ने बारेमा भने केही बताइएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.