जल/वातावरण

कोरोना विशेष अस्पताल बुटवलमा दुईजनाको मृत्यु

बुधबार विहान कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगर ९ की ५५ वर्षीया महिला र नवलपरासी पश्चिमको सुनवल नगरपालिका ५ का ७६ वर्षीय पुरुष रहेका छन् ।

अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमका अनुसार असोज १७ गते अस्पतालमा भर्ना गरिएकी बुटवलकी महिलाको आज बिहान साढे ५ बजे मृत्यु भएको हो ।

असोज १६ गतेदेखि अस्पतालको आईसीयूमा भर्ना गरिएका पुरुषको गएराती १२ः५० बजे मृत्यु भएको हो । मृतकहरुमा सुख्खा खोकी, उच्च ज्वरो र उच्च रक्तचापको समस्या थियो ।

सम्बन्धित खबर

Back to top button