राजनीति

काठमाडौंमा कोरोना अनियन्त्रित भयो सतर्कता अपनाउन सरकारको आग्रह

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएको तर कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेको भन्दै सरकारले यसतर्फ ध्यान दिन आग्रह गरेको छ ।

मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै ४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । त्यसैले सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले अरु बेला जस्तो काठमाडौं गाउँ काठमाडौं ओहारदोहोरा गर्दा संक्रमण पनि ओहोर दोहोर गर्न भन्दै उनले सतर्क रहन आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.