जन सरोकार

देशभरका चिकित्सकहरु आन्दोलनमा- आकस्मिक र कोभिड १९ का बाहेक सबै सेवा बन्द

नेपाल चिकित्सक संघले प्रा.डा. डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । पछिल्लोपटक ६ बुँदे माग राख्दै डा. केसी अनसन बसेको २४ दिन भएको छ, तर सरकारले वार्ता गरेको छैन ।

बुधबार संघले एक विज्ञप्ति जारी गरी डा. केसीको जीवनरक्षाका लागि वार्ता टाली गठन गर्न दिएको ७२ घण्टे अल्टिमेटमको सरकारले वेवास्ता गरेपछि बिहिबार असोज २२ गतेदेखि आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रम अनुसार २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने बताएको छ ।

त्यस्तै २३ गते देशभर आकस्मिक र कोभिड १९ का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र अर्को सूचना नआएसम्म कालोपट्टी बाँधेर काम गर्ने संघले बताएको छ । साथै यो अवधिमा पनि वार्ता टनेली गठन गरी डा. केसीको सत्याग्रह अन्त्य नगरिए थप कडा आन्दोलन गर्ने संघको चेतावनी छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.