जापान

टोकियोमा ६.१ रिक्टर स्केलको भूकम्प झडका

सुनामीको कुनै संभावना छैन

जापानको राजधानी टोकियोसंगै जोडिएको चिवा प्रान्तको उत्तरपश्चिम क्षेत्रमा केन्द्र भएर बिहिवार राती करिव पौने ११ बजे ६.१ रिक्टर स्केलको भूकम्पको झडका गएको छ।

चिवा केन्द्र हुदॅा चिवासंगै जोडिएका टोकियो, साईतामा, खानागावा र तोचिगीमा करिव ५ रेक्टरको झडका महसुस गराएको थियो।

राती करिव १० बजेर ४१ मिनेटमा एक्कासी गएको भूकम्पको झडका अन्य समयको भन्दा केही फरक थियो। सुत्न लागेको समयमा गएको भूकम्पका कारण टोकियो आसपासका क्षेत्रमा घरहरू राम्रैसंग हल्लाएको जापानी संचारमाध्यमहरूले जनाएका छन।

लगातार करिव ३० सेकेण्ड भन्दा बढी कम्पनका कारण चिवा क्षेत्रमा आपतकालिन सूचना समेत प्रसारण गरिएको थियो। भूकम्पका कारण हालसम्म सुनामीको संभावना नरहेको जापानीसंचार माध्यमहरूले जनाएका छन।

(अपडेट)

चिवा सोही क्षेत्रमा केन्द्र भएर ११ बजेर ४४ मिनेटमा ३.२ रिक्टरको भूकम्पको छोटो दोस्रो झडका गएको छ।

भूकम्पका कारण केही व्यक्तिहरू सामान्य घाईते भएको बताईएको छ भने टोकियो तथा कान्तो क्षेत्रका केही घरहरूमा क्षति भएको जापानी टोलिभिजनहरूले समाचार प्रशारण गरेका छन।

यस्तै टोकियोका केही स्थानमा पानीका पाईपहरू फुटदा मध्य राती सडकमा पानी बगेको थियो। तर तत्काल मर्मत कार्य सूचारू राखिएको बताईएको छ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.