राजनीति

यसवर्ष कांग्रेसले चियापान नगर्ने

नेपाली कांग्रेसले बडादशैँ, शुभ दीपावली र छठलगायत पर्वका अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक नहुने भएको छ ।

कांग्रेस

विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिनमा चियापान कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा थियो ।

यस वर्ष आगामी मङसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचनका लागि कोजाग्रत पूर्णिमाकै दिन असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारहरुले उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले यस वर्षको चियापान नगरिने पार्टीका मुख्यसचिव कुृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

बिपीपछि यो परम्परालाई सर्वोच्च नेता गणेशमान सिंह, पूर्वसभापतिहरु कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तरता दिँदै आउनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.