जल/वातावरण

नेपालले कोरोना संक्रमणमा चीनलाई जित्यो : बिहिबार एकैदिन थपिए ४ हजार ३ सय

केही सातायता तीब्ररुपमा संक्रमितको संख्या बढिरहेका बेला बिहिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको र थपिएका संक्रमितमध्ये २ हजार ५ सय ४० जना काठमाडौं उपत्यकाका छन् ।

उपत्यकाका संक्रमितमध्ये काठमाडौंमा दुई हजार ८५, ललितपुरमा ३ सय २० र भक्तपुरमा १ सय ३५ जना रहेका छन् । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशैभरिबाट दुई हजार सय ६७५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । सङ्क्रमित निको हुने दर ७२.३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १८ हजार ४ सय ७३ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा चार हजार ३ सय ६४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । जुन अहिलेसम्मकै सबैभन्दा बढी हो । त्यस्तै सक्रिय सङ्क्रमित २६ हजार ६ सय ८४ पुगेको छ ।

नेपालले कोरोना संक्रमितको संख्यामा यसको उदगम थलो चीनलाई जितेको छ । नेपालमा संक्रमितको संख्या एक लाखको नजिक पुगेको छ । बिहिबार थपिएकासंगै कुल संक्रमितको संख्या ९८ हजार ६ सय १७ पुगेको छ भने ५ सय ९० जनाको मृत्यु भएको छ । यसबीचमा ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.