जापान

सिनओकुवोमा खुल्यो नेपाली रेष्टुरेन्ट ‘रातो माटो’

जापानको राजधानी टोकियोमा सबैभन्दा धेरै नेपालीहरूको घनत्व रहेको सिन्जुकु सिनओकुवो क्षेत्रमा नयॅा नेपाली रेष्टुरेन्ट ‘रातो माटो’ खुलेको छ ।

जापानका स्थापित नेपाली व्यवसायीहरूको लगानीमा खुलेको रेष्टुरेन्टले टिपिकल नेपाली स्वाद पस्कने प्रतिवद्दता जनाएको छ। खासगरि माटाको भाडोमा बनेका विशेष परिकारहरू परिवार सहित बसेर रेष्टुरेन्टमा खान सकिने बताईएको छ।

विभिन्न नेपाली सांस्कृतिक अवस्था झल्कने सजावट सहितको रेष्टुरेन्टमा अनुभवी नेपाली कामदारहरूको स्वादिलो परिकार तथा माटाका भाडाको चिसो पेय पदार्थ विशेष रहने छन।

बिहीबार एक समारोहका बीच रेष्टुरेन्टको औपचारिक रूपमा उदघाटन गरियो । समारोहमा नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजय थकाली, व्यवसायी तथा एनआरएनए आईसीसी सदस्य रविन शेरचन, निवर्तमान आईसीसी सदस्य ददिवल खडका, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, जापान मनि एक्सप्रेसका अध्यक्ष तथा एनआरएनए जापानका पूर्व अध्यक्ष ओम गुरूङ, तमुधी जापानका अध्यक्ष सौगात गुरूङ, गायक तथा व्यवसायी ईश्वर गुरूङ, जापानका स्थापित व्यवसायद्वय हरि पाण्डे, केशव अधिकारी, एनआरएनए जापान उपाध्यक्ष संगीता अधिकारी, रेष्टुरेन्ट संचालकका तर्फबाट शिवहरि पौडेल, अन्जु श्रेष्ठ लगायतले रिवन काटेर उदघाटन गर्नुभयो।

कार्यक्रममा सहभागिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल र नेपालीको पहिचान झल्कने परिकारलाई जापानमा स्थापित गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.