प्रबास

“साहित्यका लागि एक डलर” अभियानको घोषणा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले “साहित्यका लागि एक डलर” अभियानको घोषणा गरेको छ । भाषा, साहित्य, कला र संस्कृतिको विकास, विस्तार तथा विश्वव्यापीकरणको उदेश्य राखेर यस अभियानको घोषणा गरिएको हो ।

“साहित्यिक संस्थाले आर्थिक रुपमा आफुलाई आफैँले सक्षम बनाउँदै लैजानुपर्ने आजको आवश्यकता हो ।”, केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष कृष्ण गिरीले भने, “यो अभियानले अनेसासलाई दर्बिलो तथा सक्षम बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ ।”

साथै, उनले यो एक स्वेच्छिक अभियान रहेको पनि जनाएका छन् । यस अभियान अन्तर्गत आफ्नो इच्छाले हरेक महिना अमेरिकी एक डलर बराबरको रकम अनेसासलाई प्रदान गर्न सकिनेछ ।

सहयोग रकमलाई पारदर्शी बनाउनका निम्ति स्पष्ट आर्थिक कार्यविधि बनाएर बढ्ने कुरा संस्थाबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । कोषाध्यक्ष कृष्ण गिरीको संयोजकत्वमा गोपेस मास्के ९अमेरिका ०, बिहान तिमिल्सिना ९ स्पेन ०, किशोर श्रेष्ठ ९ नेपाल ०, चन्द्र तिवारी ९अस्ट्रेलिया ० सदस्य रहेको केन्द्रीय आर्थिक समिति समेत गठन गरेको बताइएको छ ।

त्यस्तै, अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले अनेसासको वर्तमान कार्यसमिति व्यवस्थित र दीर्घकालिक योजनासहित अगाडि बढेको बताए । ‘महिनाको एक डलर अभियानले अनेसासलाई र बिशेष गरी समग्र नेपाली भाषा साहित्य जगतलाई महत्वपूर्ण योगदान पुर्याउनेछ ।’

यस अभियानमा जोडिन चहानुहुनेले संस्थाको खाता ( Wells Fargo Bank,  AC holder: International Nepali Literary Society AC No. 2000031767873) मा वा सन्स्थाको वेबसाइट अन्तर्गत पे-पल मार्फत् महिनाको एक डलर दाखिला गर्न सक्नेछन् । कारोबारको सहजताको लागि वार्षिक रकम एकमुस्ट सहयोग गर्न सकिने ब्यबस्था पनि रहेको छ ।

अनेसास नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको विकास तथा विश्वव्यापीकरण गर्ने हेतुले आजभन्दा ३० वर्षअघि स्थापना भएको संस्था हो । हाल, विश्वभरका स्रष्टाहरुको साझा मञ्चका रुपमा यस संस्थाले आफूलाई उभ्याएको छ । अनेसासको विश्वभरमा पाँच दर्जनभन्दा बढी च्याप्टरहरु सक्रिय छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.