राजनीति

डा. भट्टराईद्वारा अध्यक्ष प्रचण्डलाई विजयको शुभकामना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नं. २ बाट उम्मेदवार बन्ने निर्णयपछि पूर्व सोही क्षेत्रबाट विजयी डा. बाबुराम भट्टराईले विजयको शुभकामना दिनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका डा. भट्टराईले प्रत्यक्ष निर्वाचनमा भाग नलिने घोषणासंगै गोरखा क्षेत्र नं. २ बाट अध्यक्ष प्रचण्ड प्रत्यासी बन्ने निर्णय भएको थियो

शुक्रबार साँझ माओवादीले सो क्षेत्रमा प्रचण्डलाई उम्मेदवार बनाउने घोषणा गरेलगत्तै डा. भट्टराईले ट्वीट गर्दै उहाँलाई शानदान मतले विजयी हुन शुभकामना दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ- “मैले प्रतिनिधित्व गर्दै आएको गोरखा- २ बाट यसपटक क. पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु । वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहँको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ । वहाँको शानदार विजयको हार्दिक शुभकामना !”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.