जन सरोकार

पहिरोले जुम्लामा एकै परिवारका पाँचजनाको मृत्यु

लगातारको वर्षापछि आएको पहिरोमा परी जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटेमा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

प्रहरी निरीक्षक जोशीका अनुसार शनिबार बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । वेपत्ताहरुको खोजी भइरहेको छ ।

घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको र उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पहिरो गएर बाटाहरु सबै बन्द भएकाले घाइतेहरुको उपचारका लागि सुविधासम्पन्न अस्पताल लजान हेलिकोप्टर झिकाएर उनीहरुलाई उपचार गर्न सुविधासम्पन्न अस्पताल लैजाने तयारी भइरहेको जनाएको छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.