जन सरोकार

जिल्ला निर्वाचन कार्यालयमा जरिवाना बुझाउन सकिने

निर्वाचन आयोगले संवत् २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बुझाउनुपर्ने जरिवाना सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा दाखिला गर्न सक्ने जनाएको छ ।

आयोगले उम्मेदवार भई कानूनबमोजिम निर्वाचन खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिवानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनस्थित कार्यालय, सातवटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको छ । आयोगले सो निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिइएइको हो ।

आयोगले कानुनबमोजिमको जरिवाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजस्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेशरजिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.