जल/वातावरण

गोकर्णेश्वरमा होम आइसोलेसनमा मृत्यु भएका व्यक्तिको शव २४ घण्टापछि मात्र उठ्यो

बुधबार साँझ काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ६ मा होम आइसोलेसनमा मृत्यु भएकका संक्रमितको शव बिहिबार साँझ मात्र उठेको छ । बुधबार मृत्यु भएका उनको शव उठाउन सम्बन्धित निकायले प्रक्रियाका कुरा गरेर आलटाल गरेपछि नगरपालिकाको पहलमा शव उठेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. ६ संगै समिा जोडिएको बौद्ध पिपलबोटमा होम हाइसोलेसनमा बसेका ६५ वर्षीय सोनाम शेर्पाको मृत्युपछि शव उठाउन २४ घण्टा लागेको हो । कोरोना संक्रमितको अस्पतालमा मृत्यु भए तत्काल नेपाली सेनाको टोलीले शव उठाउने भए पनि घरमै मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा भने समस्या रहेका वडाध्यक्ष रमेश अर्यालले बताउनुभयो ।

वडाध्यक्ष अर्यालका अनुसार बिहिबार विहानदेखि सेनाको टोलीलाई शव व्यवस्थापनका लागि अनुरोध गर्दा सम्भव नभएपछि वडाकै खर्चमा अस्पतालबाट शव व्यवस्थापन टोली ल्याएर शवलाई बेरेर राखेपछि राति १० बजे सेनाको टोलीले शव लिएर गएको बताउनुभयो ।

शव व्यवस्थापनमा समस्या उत्पन्न भएपछि गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे , वडा ६ अध्यक्ष रमेश अर्याल, नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद उपाध्याय, बौद्ध महानगरीय प्रहरी वृत्त प्रमुख नवीन कार्कीको पहल र समन्वयमा उक्त शरीर घरबाट उठाइएको हो ।

वडाध्यक्ष अर्यालले राजधानी जस्तो ठाउँमा त मृत्यु भएको २४ घण्टासम्म शव उठाउन सकिंदैन भनेन दूरदराजको अवस्था के होला भन्द शव लामा समयसम्म नउठ्दा स्थानीयले नै उठाउने बाध्यताा आउने र त्यसले संक्रमणको जोखिम रहेको बताउनुभयो । उहाँले घरमै आइसोलेसनमा बसेकाहरुको मृत्यु भएमाा अस्पतालमा मृत्यु भएकाकै जस्तो तत्काल शव व्यवस्थापनको नीति हुनुपर्ने बताउनुभयो ।

राजधानीभित्रै संक्रमितको मृत्यु भएपछि शव व्यवस्थापनमा यति सकस भोग्नुपर्छ भने अन्यत्रको अवस्था सहजै कल्पना गर्न सकिन्छ । अस्पतालमा होस् वा घरकै आइसोलेसनमा बसेका होस् संक्रमितको मृत्युपछि तत्काल शव व्यवस्थापनको चाजोपाजो मिलाउनुपर्छ । सरकारले कागजी घोडा दौडाएर संक्रमण रोकिंदैन, जिम्मेवार निकायहरुलाई लामो कागजी प्रक्रियाको पछि लाग्नु नपर्ने गरी कामगर्ने अधिकार दिनुपर्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.