जन सरोकार

सर्लाहीमा डिजे साउण्ड सिस्टम प्रयोगमाथि प्रतिबन्ध

सर्लाहीमा हुने धार्मिक, सामाजिक, राजनीतिक लगायतका कार्यक्रममा प्रयोग गरिने डिजे साउण्ड सिस्टमले चर्को ध्वनि प्रबाह हुनाका साथै ध्वनि प्रदुषण, स्वास्थ्य समस्या, शान्ति सुरक्षामा असर र सामाजिक सद्वाभावमा समेत असर पारेको भन्दै जिल्ला प्रहरी कार्यालयले आफ्नो क्षेत्रभित्र सो सिस्टम प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

जिल्ला सुरक्षा समिति, जिल्लास्तरीय सर्वदलीय र सर्वपक्षीय बैठक तथा स्थानीय तहका प्रमुखहरुको संयुक्त बैठकले जिल्लाभित्र डिजे साउण्ड प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो ।

यस्ता साउण्ड सिस्टमले दुर्घटनासमेत बढाउने भएकाले जिल्लाका कुनै पनि स्थानमा यस्तो स्पिकर राख्न नदिन स्थानीय प्रशासन ऐन २०२८ बमोजिम आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

ठूलो स्वारमा डिजे साउण्ड सिस्टम बजाउने र अस्लील खालमा गीत संगीत बजाउने गर्दा समाजमा विकृति फैलदै गएकाले बाध्य भएर यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताउनुभयो ।

उक्त आदेशको बर्खिलाप गरेको पाइएमा सो सिस्टम जफत गर्नाका साथै प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.