जापान

कोरोना संक्रमणको एकमहिना उपचार पछि जापानमा अस्ताए सूर्जमान

कोरोना भाइरस संक्रमण भएर एक महिनादेखि उपचाररत कास्की लामाचौरका ३८ वर्षिय सूर्जमान गुरुङको निधन भएको छ । साइतामाकाे माेराेयामामा दक्ष कामदार कुक पेशामा आवद्ध गुरुङको शुक्रबार मध्यराति निधन भएको हो ।

तमूधी जापानका महासचिव चित्र गुरूङका अनुसार परिवार सहित साइतामामा बस्दै आएका सूर्जमान कोरोना संक्रमण पश्चात एकमहिना भन्दा बढी समयदेखि माेराेयामा अस्पतालमा उपचाररत थिए ।

अस्पताल र घरपरिवारसग सल्लाहपछि गुरुङको अन्तिम संस्कार गरिने परिवार स्रोतले जनाएको छ । परिवारलाई नै कोरोना संक्रमण भए पनि श्रीमती भने हाल संक्रमण मुक्त हुनुभएको छ ।

जापानमा यो घटनासंगै करिव ५ जनाको कोरोना संक्रमणका कारण निधन भएको छ। यसै साता खनागावा राज्यमा एक अर्का नेपालीको मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.