क्रिकेटखेल

चितवन टाइगर्सको पोल्टामा इपिएलको उपाधी

काठमाडौंमा सम्पन्न चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधिमाथि कब्जा जमाएको हो ।

फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रनको योगफल बनाएको थियो । जितका लागि १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १५ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि भीम सार्कीले ६३, दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहजादले ११ रनको योगदान गरे ।

यसअघि ‍चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको पोखरा १७ ओभर पाँच बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो ।

पोखराका लागि असेला गुणरत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।

पोखरालाई सस्तैमा समेट्न चितवनका कमल ऐरीले ४, करिम जनत र सीक्कुगे प्रशन्नाले २–२ तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए । पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.