राजनीति

मकवानपुर १ मा कमल थापा, एमालेले सघाउने

नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई निर्वाचनमा सघाउने भएको छ । आगामी निर्वाचनमा थापा मकवानपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष उम्मेदवार बन्ने हुनुभएको छ ।

भारतले नाकाबन्दी लगाएको समयमा केपी ओली नेतृत्वको सरकारका उपप्रधान तथा परराष्ट मन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै नाकाबन्दीको सामना गर्न महत्वपूर्ण भूमिका गर्नुभएका थापालाई निर्वाचनमा एमालेले सघाउने भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष थापाबीच यस विषयमा समझदारी बनेको छ । थापाले ओलीसंग भएको समझदारीपत्रसहितको फोटो सार्वजनिक गर्नुभएको छ ।

थापाले ट्वीट गर्दै लेख्नुभएको छ- “नेकपा (एमाले)को सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं १ बाट उमेदवार हुँदैछु । सद्भाव र सहकार्यको लागि नेकपा (एमाले)लाई धन्यवाद । राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको निम्ति ईमान्दारीपूर्वक कामगर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.