राजनीति

भुसालले रुपन्देही–१ मा सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिँदै

एमाले परित्याग गरेको घोषणा गरेका नेता घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुहुने भएको छ । नेता भुसालले सत्तारुढ गठबन्धनले समर्थन गरेको स्वतन्त्र उम्मेदवारका रुपमा आज उम्मेदवारी दर्ता गर्ने बताउनुभयो ।

शनिबार एमाले छाडेका वामपन्थी नेता भुसालले आज रुपन्देहीको मणिग्रामस्थित आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै सत्ता गठबन्धनको समर्थनमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।

उनले आफूलाई नेकपा (माओवादी केन्द्र)ले आफ्नो चुनाव चिन्हबाट उम्मेदवारी दिन आग्रह गरेको भए पनि आफूले स्वतन्त्रबाटै उम्मेदवारी दिन चाहेको उल्लेख गर्नुभयो ।

शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै पार्टीबाट उठ्न आग्रह गरेको बताउँदै उहाँँले अहिले कुनै पार्टीमा नजाने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.