राजनीति

राप्रपा अध्यक्ष लिङ्देन, मनोनयन दर्ता

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट आज उम्मेदार मनोनयन पत्र दर्ता गराउनुभएको छ ।

उहाँले चन्द्रगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीले बताउनुभयो ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा राप्रपाकै विद्यार्थी नेता माधव पोखरेल र समर्थकमा नेकपा एमालेका नेता लक्ष्मण पाठक रहनुभएको छ ।

नेकपा एमालेसँग गठबन्धन गरेको राप्रपाले जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लिङ्देन र प्रदेशसभा सदस्यका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उहाँसँगै प्रदेशसभा सदस्यका लागि क्षेत्र (क)बाट नेकपा एमालेका बसन्त बानियाँ र क्षेत्र (ख) बाट छविलाल चुँडालले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लामा रहेका छ लाख ६२ हजार तीन सय ११ मतदातामध्ये क्षेत्र नं ३ मा एक लाख ३१ हजार चार सय ३२ मतदाता रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.