आम निर्वाचन २०७९

कास्की क्षेत्र नं २ मा एमालेका भट्टराई र गठबन्धनका बरालको उम्मेदवारी

कास्कीको निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि निवर्तमान सांसद विद्या भट्टराईको उम्मेदवारी परेको छ ।

त्यसै गरी नेकपा एमालेका तर्फबाट प्रदेशसभा (क)का लागि भीम कार्की र (ख)का लागि मीना गुरुङको उम्मेदवारी परेको छ ।

यसै गरी पाँच दलीय गठबन्धनका तर्फबाट सो क्षेत्रमा श्रीनाथ बरालले उम्मेदवारी दर्ता गर्नुभएको छ । गठबन्धनका तर्फबाट प्रदेशसभा (क)का लागि विश्वप्रकाश लामिछाने र (ख)का लागि विन्दुकुमार थापाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी मनोनयनपछि एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईले विभेदमुक्त समाजको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

उम्मेदवारी पछि प्रतिक्रिया दिँदै गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार श्रीनाथ बरालले नेपाली जनताको परिवर्तनको सङ्घर्षमा २०३६ सालयता आफू निरन्तर लागिरेको बताउँदै जनताको समृद्धि र विकासको चाहनालाई पूरा गराउन उम्मेदवार बनेको स्पष्ट पार्नुभयो ।

त्यसै गरी यस निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका लागि माधव कँडेलको उम्मेदवारी परेको छ, भने हाम्रो नेपाली पार्टीका तर्फबाट प्रदेश सभा (क) का लागि चेतबहादुर महतको उम्मेदवारी परेको छ ।्

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव कँडेलले भ्रष्ट्राचाररहित समाजको निर्माण नै आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.