जापानको राजधानी टोकियोमा यही अक्टोबर १२ का दिन दुई प्रदर्शन (सो) गर्ने तयारी भैरहेको नेपाली चलचित्र पेन्सनपट्टा दर्शकहरुको सुविधालाई ध्यानमा राखेर तेस्रो सो पनि हुने भएको छ ।
दर्शकको माग र चापका कारण तेस्रो प्रदर्शन हुन लागेको आयोजकले जनाएका छन् । प्रदर्शन थप भएसंगै सो हुने निर्धारित समयमा पनि केही फेबदर गरिएको छ ।
न्यू आईटी भेञ्चर/एनआईटीभी समूह र तमु धिं जापानको आयोजना तथा प्रस्तुतिमा अक्टोबर १२, मा टोकियोस्थित मेगुरो कुमिन सेन्टर, २–४–३६ मेगुरो, मेगुरो–कु, टोकियो १५३–००६३ मा चलचित्र प्रदर्शन हुनेछ।
परिमार्जित तालिका अनुसार अक्टोबर १२ दिउँसोको सो पूर्वनिर्धारित समय अपरान्ह १ बजे नै हुनेछ । दिउँसोको टिकट काट्नुभएका दर्शकहरुले समयमै उपस्थित हुन अनुरोध गरिएको छ ।
यसै गरी दोस्रो सो भने ३० मिनेट अगाडि सारिएको छ । यसअघि ४ः३० अपरान्ह तोकिएकोमा ४ बजे निर्धारण गरिरएको छ भने तेस्रो सो समय साँझ ६ः१५ बजे निर्धारण गरिएको छ ।
अनलाइन टिकट बुक गर्न यो लिंकमा जानुहोस्
आयोजकका अनुसार दोस्रो सोको टिकट लिनुभएका दर्शकहरुले समयमै उपस्थित हुन नसकेमा सोही टिकटबाट तेस्रो सोमा प्रवेश पाउने व्यवस्था गरिएको छ । यसका लागि आयोजकसंग सम्पर्क गर्नुपर्नेछ ।
पहिलो र दोस्रो सोको टिकट विक्री हाउसफूल भैसकेकाले अब तेस्रो सोका लागि मात्र टिकट बुक गर्न आयोजकले अनुरोध गरेका छन् ।




प्रतिक्रिया राख्नुहोस्