बिचार

गलतको विरोध र सत्यको समर्थन गर्न संकोच मान्नुपर्दैन

दिपेन्द्र अधिकारी

कोरोना भाइरस संक्रमणले विश्वलाई नै गाँजिरहेका बेला नेपाल पनि यसबाट अछुतो छैन। दिनहुँ संक्रमणको दर बढिरहेको छ। मृत्यु पनि बढिरहेको अवस्था छ।
राज्य र अरु निकाय अनि निजी क्षेत्रले पनि कोरोनाविरुद्ध लडाईं लडिरहेका बेला कतिपय अस्वाभाविक घटनाहरु भइरहेका छन्। यसले धेरैलाई झस्काएको छ। विभिन्न विरोधका नाममा कोरोना फैलिने क्रियाकलाप भइरहेका छन्, जुन सर्वथा गलत हो।उठाएका मुद्दा र मागहरू जायज नै भए पनि अप्ठ्यारो अवस्थामा संक्रमणको जोखिमलाई ध्यान नदिइ त्यस्ता गतिविधि गर्नु उचित होइन कि?
कित्ताको राजनीतिक बिजनेसमा आफ्नो पोल्टामा फाइदा निकाल्ने प्रयास गर्दा सधैं जनताले मात्र दुःख पाएका छन्। इतिहासमा भएका धेरै घटनाहरुले यसलाई पुष्टि गरिसकेका छन्।
भलै आझै हाम्रो देशमा राजनीतिक प्रणाली परिपक्व भएका छैनन्। तर, परिपक्व बनाउनतिर सबै एकजुट हुनुको विकल्प छैन।
अबको राज्य निर्माण गर्ने तरिका एउटै उद्देश्य र एउटै प्लेटफर्मभित्र बसेर प्रतिस्पर्धा गरेरै जनताको मन जितेर नेतृत्व लिन सबै राजनीतिक पार्टी, सामाजिक अभियन्ता, पत्रकार लाग्नु पर्छ।
देशमा अब कुनै अधिनायकवाद छैन। बाँकी रहेको पुरानो कार्यशैली मात्र हो। खराब नियत, खराब कार्यशैलीलाई प्रतिस्पर्धाबाटै विस्तापित गर्ने हो। जनमुखी काम गरेरै बदमासहरूलाई विस्थापित गरेर मात्रै परिवर्तन सम्भव छ। हरेक मौसममा हरेक आन्दोलन गरेर त अस्थीरता मात्रै हुन्छ।
राज्य निर्माणमा सबै शक्ति सँगै बस्न नसकेर भ्रष्टाचार मौलाएको छ, राजनीतिक अपराध, एसिड काण्ड, बलात्कार तथा यौन शोषण, मानव शोषण जस्ता सामाजिक अपराध बढिरहेको छ।
कानुन बलियो बनाउँदैमा यस्ता अपराधहरू समाजबाट हराउँदैनन्। गलत कामको सही तरिकाले दह्रो विरोध गर्नु पर्छ, राम्रो कामको छाती खुलाएरै समर्थन गर्नु पर्छ, बरू अझ राम्रो योजना ल्याउने कुरामा मेहनत गर्नु पर्छ।
डाहा रिस गरेर विस्तापित गर्ने योजना बुन्ने मूर्ख्याईं गर्नु हुँदैन। कसैलाई चाहिएको पद, पावर हो कि? हामी सबै नेपालीको सम्बृद्धि हो?
खुट्टा बजारेर मात्र हुँदैन, छाती पिटेर मात्र हुँदैन, चिच्याएर मात्र हुँदैन। सोचौं, मनन गरौं। बस्तुगत ठोस मूल्यांकन गरौ, वैज्ञानिक तरिकाले सोचेर नै सम्बृद्धिका लागि राम्रो योजना ल्याए पद, पावरले तपाईंलाई नै रोज्छ, यसमा दुई मत छैन।
भलै आझै हाम्रो देशमा राजनीतिक प्रणाली परिपक्व भएका छैनन्। तर, परिपक्व बनाउनतिर सबै एकजुट हुनुको विकल्प छैन।
-पोखरा, हाल: टोक्यो, जापान

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.