जापान

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीलाई कोरोना संक्रमण

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष देविलाल भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाका सामान्य लक्षण देखिए पश्चात खानागावा राज्यको एक अस्पतालमा परिक्षणको क्रममा उहाँलाई कोरोना संक्रमणको पुष्टि भएको हो । उहाँसंगै खानागावा नेपाली कम्युनिटिका सचिव समेत रहनु भएका अर्का नेपाली यमकान्त कँडेललाई समेत संक्रमण पुष्टी भएको छ ।

कोरोनाको संक्रमण देखिएसंगै उहाँ खानागावा स्थित एक होटलमा आइसोलेसनमा बस्नुभएको छ । उहाँले पछिल्ला केही दिनमा आफ्नो सम्पर्कमा आएका नेपालीहरूलाई सजगत अपनाउनका लागि र स्वास्थ्य समस्या देखिएमा तत्काल परिक्षण गर्नका लागि आग्रह गर्नुभएको छ ।

नेपाली समुदायको सहयोगका लागि हरेक समय अग्रपंक्तिमा खटिनुका साथै संक्रमितलाई उपचारका लागि अस्पताल पुर्याउने कार्यमा सहयोग गर्दै आउनु भएका उहाँमा सोही क्रममा संक्रमण देखिएको हुनसक्ने एनआरएनए जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताउनुभयो ।

अध्यक्ष भण्डारी कोरोनाको सुरुवाती चरणदेखि नेपाली समुदायमा निरन्तर सहयोगमा लाग्नुका साथै जापानबाट भएका र जापान आएका उद्धार उडानमा समेत फिल्डमा प्रत्यक्ष खटिनुभएको थियो ।

थप चार नेपालीलाई कोरोना संक्रमण

यसैबीच नेपालबाट जापान आईपुगेका चारजना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार उडान भएर अक्टोवर ९ तारिक शुक्रबार नेपालबाट टोकियो नारिता एयरपोर्ट आइपुगेका चार जना नेपालीमा कोरोना पोजेटिभ देखिएको हो ।
नेपालमा कोरोना नेगेटिभ रिपोर्ट बोकेर जापान पुगेकामध्ये एकैपरिवारका दुईजना तथा अन्य दुई जनामा रिपोर्ट पोजेटिभ पाईएको बताईएको छ । पोजेटिभ देखिएका सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएकोछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.