जल/वातावरण

२ सय ८० दिनमा कोरोना संक्रमितको संख्या १ लाख बढी, शनिबार थपिए ५ हजार

नेपालमा कोरोना संक्रमित भेटिएको २ सय ८० दिनमा कुल संक्रमितको संख्या एक लाख नाघेको छ । गत माघ ९ गते चीनबाट फर्किएका एक व्यक्तिमा पहिलो पटक नेपालमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । त्यसको झन्डै साढे आठ महिनामा सङ्क्रमितको कुल सङ्ख्या एक लाख नाघेको हो ।

भदौको तेस्रो सातायता दैनिक एक हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् र आज असोज २४ गते शनिबार अहिलेसम्मकै सबैभन्दा बढी ५ हजार ८ जना संक्रमित फेला परे ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज फेला परेका सङ्क्रमितमध्ये २ हजार ६ सय ७२ जनाभन्दा बढी काठमाडौं उपत्यकाका हुन् । योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख पाँच हजार नाघेको छ ।

चौबीस घण्टामा अवधिमा शनिवार अपराह्णसम्म थप १४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या ६ सय १४ रहेको छ । भएका छन् । विगत २४ घण्टामा १ हजार २ सय २९ जना रोगमुक्त भएका छन् ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लाका २१००, ललितपुरका ३६९ र भक्तपुरका २०३ जना छन् ।

यस्तै मोरङका ३६९ जना, सुनसरीका ३९४, रुपन्देहीका २१५, चितवनका १४७, सुर्खेतका १३४, दाङका ९३, तनहुँका ५५, मकवानपुरका ५४, कास्कीका ५१, झापा र सिन्धुलीका ४८/४८ जना, बाँकेका ४५, प्युठानका ४२, नुवाकोटका ४०, धादिङका ३८, पाल्पाका ३७, पर्सा र नवलपुरका ३६/३६ जना, काभ्रे र कैलालीका ३५/३५ जना, नवलपरासीका ३१, गोरखा २५, सर्लाही १९ तथा सिराहा र कञ्चनपुरका १८/१८ जनामा संक्रमण देखिएको छ ।

रौतहटका १७ जना, बाग्लुङ र सल्यानका १२/१२ जना, धनकुटा, धनुषा, महोत्तरी, र रुकुम पश्चिमका ११/११ जना, बारा, दैलेख र बझाङका १०/१० जना, संखुवासभाका ९, दोलखा, जुम्ला र बैतडीका ८/८ जना,म्याग्दी स्याङ्जाका ७/७ जना, उदपयुर, सप्तरी, सिन्धुपाल्चोक, बर्दिया र अछामका ६/६ जना, ओखलढुंगा, रामेछाप र रोल्पाका ५/५ जना, इलाम, डडेलधुरा र डोटीका ४/४ जना, खोटाङ, भोजपुर, रसुवा, पर्वत र दार्चलाका ३/३ जना, लमजुङ र रुकुम पूर्व २/२ जना तथा ताप्लेजुङ, तेह्रथुम र कालीकोटका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.