राजनीति

वार्ता असफल भएपछि विज्ञप्तिमार्फत डा. केसीलाई अनशन तोड्न सरकारको आग्रह

चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधार तथा सुशासनका ६ बुँदे माग राख्दै १९ औं पटक अनशनमा बस्तुभएका डा. गोविन्द केसीलाई सरकारले अनशन अन्त्य गर्न आग्रह गरेको छ । सरकारी वार्ता टोली र डा. केसी समर्थकबीच भएको वार्ता सहमतिमा नपुगेपछि सरकारले अनसन अन्त्य गर्न आग्रह गरेको छ ।

शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार वक्तव जारी गर्दै डा केसीका मागबारे आफ्नो धारणा समेत सार्वजनिक गरेर चरणबद्ध रुपमा उहाँले रााखनुभएका माग पूरा हुने चरणमा रहेको समेत जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाह गर्न सरकार प्रतिवद्ध रहेको र कोभिड-१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न अनसन अन्त्य गरिदिन हुन प्रा डा गोविन्द केसीलाई वार्ता समिति अनुरोध गर्दछ ।”

विज्ञप्तिमा “सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको छ । गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूवर्नधार निर्माण अन्तिम चरणमा छ” भनिएको छ ।

त्यसै गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयं मूल्यांकन प्रतिवेदन पेश भइसकेको छ । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ भने वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको वक्तव्यमा उल्लेख छ ।

त्यसै गर िराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न गुरुयोजना पारित भइसकेको छ भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु भइसकेको छ ।

विज्ञप्तिमा डोटी(डडेलधुरा, उदयपुर र इलाम(पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रारम्भिक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन आइसकेको छ भने सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास समिति बनिसकेको जनाइएको छ ।



 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.