राजनीति

मन्त्री भट्टराईलाई कोरोना संक्रमण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईलाई कोरोना संक्रमण भएको छ । मन्त्री भट्टराईले अघिल्लो हप्ता गरेको परीक्षणमा नेगेटिभ देखिएपछि नियमित काममा सक्रिय भैरहेका बेला शनिबारबाट हल्का ज्वरो आएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको फेसबुकबाट जानकारी दिनुभएको छ ।

एक हप्ताकाबीचमा आफूसंग सम्पर्कमा आउनुभएका सबैलाई शतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गराउन पनि आग्रह गर्नुभएको छ । उहाँमा हाल हल्का ज्वरो मात्र आएको र अरु समस्या नभएको पनि जानकारी दिनुभएको छ ।

मन्त्री भट्टराईले लेख्नुभएको छ- “गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् ।”

“केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.