राजनीति

काठमाडौँबाट सरकारमा प्रतिनिधित्व नहुनु दुःखद्

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी काठमाडौँबाट वर्तमान सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद् भएको बताउनुभएको छ ।

प्रकाशमान सिंह

नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले दशैंको अवसरमा आज आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।

त्यस क्रममा नेता सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउँदै प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने र कांग्रेसलाई बलियो बनाउन हरेक नेता तथा कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो ।

“पार्टीलाई संस्थागत, विधिसम्मत रुपमा जनताको हित हुने गरी सञ्चालन गर्नुपर्छ”, उहाँले भन्नुभयो । राजनीति मुद्दा अन्त्य भएकाले अब देशलाई आर्थिक विकासको खाँचो रहेको उहाँको भनाइ थियो । पूर्वउपप्रधानन्त्री सिंहले निर्वाचनमा कांग्रेसले जितेको प्रत्यक्षतर्फ २३ सिटमध्ये चार सिट जितेको काठमाडौँबाट वर्तमान सरकारमा प्रतिनिधित्व हुन नसक्नु दुःखद् भएको बताउनुभयो ।

राजनीतिमा न्याय हुनुपर्ने नेता सिंहको भनाइ थियो । उहाँले काँग्रेसभित्र पदीय जिम्मेवारी निर्वाहमा सबै लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.