खेलफूटबल

भारतलाई हराएर एक खेलअघि नै फाइनलमा पुग्ने नेपालको योजना

माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ च्याम्पियनसीप)मा उच्च प्रदर्शन गरेर उपाधीको होडमा रहेको नेपाल कमजोर प्रदर्शन गरिरहेको सातपटकको विजेता भारतबीच आज राति खेल हुँदैछ ।

मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९ः४५ बजे खेल सुरु हुनेछ । प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् ।

५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगका आधारमा खेल भइरहँदा नेपालले सुरुवाती दुई खेल जितेर ६ अंक जोडेको छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्कोतर्फ भारतले सुरुवाती दुई खेल जित्न सकेन । लगातार दुई बराबरीबाट भारतको २ अंक छ ।

यस्तो अवस्थामा दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ । नेपालले भारतलाई पराजित गरेमा एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । यस्तोमा नेपाल साफ च्याम्पियनसिपमै पहिलो पटक फाइनल पुग्नेछ । बराबरी वा पराजित भएमा भने नेपालले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । उता भारतलाई जित निश्चित रुपमा आवश्यक छ ।

आजै घरेलु टिम माल्दिभ्स र श्रीलंकाबीच पनि खेल हुनेछ । ४ः४५ मा हुने उक्त खेल माल्दिभ्सले जितेमा र भारत नेपालसँग पराजित भएमा भने भारत फाइनल होडबाट बाहिरिनेछ ।

यसअघि नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १-० र श्रीलंकालाई ३-२ ले पराजित गरेको थियो । भारतले भने पहिलो खेलमा बंगलादेशसंग १-१ र त्यसपछि श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.