जन सरोकार

प्रेममा परेर पक्राउ परेका युवकले गरे प्रहरी हिरासतमा आत्महत्या

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

इनरुवा–९ बबियामा एक केटीसँग प्रेममा परेर फरार भएका हकिवलाई केही दिन अगाडि मात्र पक्राउ गरिएको थियो । पक्राउ परेका हकिवले पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

प्रहरीले हत्या गरेको आफन्तले आरोप लगाएका छन् । हिरासतभित्र केही सामग्री छिर्न नदिने गरेकाले कसरी हकिवले हिरासतभित्र पासो लगाएर आत्महत्या गरेको भन्दै आफन्तको आरोप छ ।

यसैबीच आक्रोशित स्थानीयवासीले इनरुवा बजारमा विरोध प्रदर्शन गरेका छन् । आक्रोशित स्थानीयवासीले इनरुवा बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि टाइर बालेर प्रदर्शन गरिरहेका छन् ।

स्थानीयवासीले प्रहरीको सवारीमाथिसमेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भीड नियन्त्रण गर्न केही राउण्ड अश्रुग्याससमेत फायर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.