राजनीति

३३ प्रतिशत महिला सहभागिताको व्यवस्था, उम्मेदवारी नौ प्रतिशत मात्र

नेपालको संविधानले ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ । तर, आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा महिलाको उम्मेदवारी ९ प्रतिशत मात्र रहेको छ ।

कुल दुई हजार चार सय ७४ मध्ये दुई हजार दुई सय ४२ पुरुष र महिला दुई सय ३१ जना प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभामा तीन हजार तीन सय ९३ मध्ये पुरूष तीन हजार ९९, महिला दुई सय ९३ र अन्य एक रहेका छन् ।

उम्मेदवारी दिनेमा ठूला पार्टीका यसअघि सांसद मन्त्री भैसकेकाहरु छन् । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् । अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ रहनुभएको छ ।

त्यस्तै नेकपा (एमाले)का सात जनाले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । त्यसमध्ये स्याङ्जा–१ बाट पद्मा अर्याल, कञ्चनपुर–३ बाट निरूदेवी पाल, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, सुनसरी–३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की–२ बाट विद्या भट्टराई रहनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट काठमाडौँ–२ बाट ओनसरी घर्ती, काठमाडौँ–९ बाट कल्पना धमला, काठमाडौँ–७ बाट मानुषी यमी भट्टराई, ललितपुर–३ बाट पम्फा भुसाल र दाङ–२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट गुल्मी–२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दैलेख १ मा कुन्ती शाही र मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.