राजनीति

प्रचण्डको चुनावी रणनीतिका लागि गोरखामा छलफल

गोरखा क्षेत्र नं. २ बाट उममेदवारी दिनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार विहानैदेखि चुनावी रणनीति केन्द्रित छलफल सुरू गर्नुभएको छ ।

प्रचण्डले नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई साथसाथै राखेर चुनावी छलफल गरिरहनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्नुभएका प्रचण्डले सोमबार बिहान पार्टीका नेताहरू तथा सत्ता गठबन्धनका नेताहरू र उम्मेदवारहरूसँग सामुहिक छलफल गर्नुभएको हो ।

प्रचण्डले सुरूमा माओवादी गोरखाका नेताहरू तथा स्थानीय चुनावमा माओवादीबाट निर्वाचित प्रमुखहरूसँग र त्यसपछि सत्ता गठबन्धनका जिल्लामा रहेका नेताहरूसँग छलफल गर्नुभएको छ ।

छलफलमा गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार कांग्रेसका राजेन्द्र बजगाईं, प्रदेश सभातर्फ उम्मेदवार रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे र कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, माओवादीबाट प्रदेश सभा उम्मेदवार कृष्ण धिताल र नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटालगायत पनि सहभागी छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.