जन सरोकार

‘पीडित भनिएकी युवतीले नै बोलाएपछि गएँ’ : सन्दीप

नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले आफूबिरुद्ध बलात्कारको उजुरी दिने जाहेरीवाला युवतीले बोलाएपछि गएको र उनले आफूलाई तीनपटकसम्म १९ वर्ष पुगेको बताएको वयान दिएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंमा बयान दिने क्रममा लामिछानेले लामिछानेले बलात्कार गरेको आरोपको प्रतिकार गर्दै आफूले बोलाएर नभई पीडित भनिएकी युवतीले नै बोलाएपछि गएको स्पष्ट पारेका छन् ।

सन्दीपले बयानमा क्याम्पमा जान ढिलो भइसक्यो । बरू दरबारमार्गमा गएर कफी खाऔं भन्‍दा पनि अत्ति जिद्दी गरेपछि फ्यानको हिसाबले ठिकै छ खाजा मात्रै खाएर फर्किने सर्तमा गएको र त्यहाँ जाने बेलामा पनि मेरो होस्टेल जतिबेला पनि खुला हुन्छ भन्नुभयो । तर फर्किने बेलामा यतिबेला बन्द हुन्छ। जान मिल्दैन भनेपछि होटलमा बसेको बताएका छन् ।

प्रहरीले सोमबार लामिछानेलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो । म्याद थपका क्रममा न्यायाधीश दयाराम ढकालसमक्ष आफू निर्दोष भएको र आफूले जबरर्जस्ती करणी नगरेको जिकिर गर्नुभएको अधिवक्ता शक्ति पाठकले जानकारी दिनुभयो ।

यसै गरी लामिछानेले आफ्नो गोपनीयताको हनन भएको भन्दै त्यसमा समेत आपत्ति जनाएका छन् । वयान सकिएपछि अदालतले यही असोज २० गतेदेखि लागू हुने गरी २७ गतेसम्मका लागि म्याद थप गरेको छ ।

प्रहरीले यही असोज २० गते अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरेको थियो । दशैं बिदापछि आजदेखि अदालत खुलेको हुनाले म्याद थपका लागि लगेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.