आम निर्वाचन २०७९

प्रधानमन्त्री देउवा र गच्छदारको उम्मेदवारीविरुद्ध निर्वाचन आयोगमा उजुरी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दिनुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका देउवाको मतदाता नामावलीमा र नागरिकतामा देउवाको जन्ममिति फरक रहेको भन्दै उजुरी परेको हो ।

देउवाको नागरिकतामा जन्ममिति ३१ जेठ २००३ छ । मतदाता नामावलीमा भने जन्म मिति ३१ जेठ २००२ लेखिएपछि जन्ममिति फरक परेको भन्दै देउवाका प्रतिस्पर्धी कर्ण मल्लले निर्वाचन आयोगमा देउवाको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिनुभएको हो ।

डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रधानमन्त्री देउवाको उम्मेदवारीबिरुद्ध उजुरी परेको पुष्टि गर्दै उजुरीमाथि आवश्यक कारबाही सुरु भइसकेको जानकारी दिनुभएको छ ।

उता ललिता निवास जग्गा प्रकरणका आरोपित नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारको उम्मेदवारी खारेज गर्न पनि निर्वाचन आयोगमा उजुरी परेको छ ।

काठमाडौं महानगरपालिका ७ का विवेक अधिकारीले गच्छदार पुनः निर्वाचन लड्नु भनेको जनमतको अपमान हुने ठहर गर्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराउनुभएको हो ।

ललिता निवास जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर रेपछि नेता गच्छदार १० लाख धरौटीमा रिहा हुनुभएको थियो । सो मुद्दाको फैसला भएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.