राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

कांग्रेस

कांग्रेस

नेपाली कांग्रेसको आज आइतबारका लागि निर्धारण गरिएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । कांग्रेसका पूर्व कोषाध्यक्ष एवं अग्रज समाजसेवी रामबाबु प्रसाई (खनपरुदे प्रकाहा) को यही असोज २३ गते भएको निधनको कारणले बैठक स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

प्रसाईंको काठमाडौंस्थित ॐ अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उहाँको निधनमा कांग्रेसले असोज २४, २५ र २६ गते पार्टीको केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने बताएको छ ।

त्यस्तै असोज २५ गते केन्द्र र मातहतका सबै कार्यालय बन्द गर्ने तथा १३औं दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने मुख्य सचिव पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पार्टीको आगामी १४ औँ महाधिवेशन तयारी सन्दर्भमा छलफल हुने कार्यसूची तय भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.