राजनीति

पर्यटनमन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएपछि को को बसे आइसोलेसनमा ?

शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएपछि अघिल्लो साता उहाँसंग भेटवार्ता गर्ने भारतीय राजदूतदेखि गृहसचिव तथा सुरक्षा अधिकारीहरुसम्म आइसोलेसनमा बसेका छन् ।

मन्त्री भट्टराईसंग एकै कार्यक्रममा सामेल भएका गृहसचिव महेश्वर न्यौपानेसमेत आइसोलेशनमा बस्नुभएको छ भने शुक्रबारमात्रै मन्त्रीसँग भेटघाट गरेका भारतीय राजदूत विनयमोहन क्वात्राले सम्पूर्ण भेटघाट बन्द गरी आइसोलेसेशनमा छन् ।

गत शुक्रबार मन्त्री भट्टराईसँग मन्त्रालयमै औपचारिक भेटघाट गरेका क्वात्रा र दूतावासका अर्का एकजना कर्मचारीसमेत योगेशलाई कोरोना पुष्टि भएपछि क्वारेण्टिनमा बस्नुपर्ने भएको हो । यस सम्बन्धमा भारतीय दूतावासले औपचारिक सूचना सार्वजनिक गरिसकेको छैन ।

गत बिहीबार भट्टराई ताप्लेजुङ्गस्थित ओलाङ्गचुङ्गगोला र संखुवासभास्थित किमाथाँका नाकामा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना कार्यक्रममा काठमाडौंबाट हेलिकोप्टरमा जाँदा गृहसचिव न्यौपाने पनि सँगै थिए । त्यसअघि पनि उनी विमानस्थल उद्घाटनको कार्यक्रममा पश्चिम नेपालका विभिन्न जिल्ला पुगेका थिए ।

मन्त्री भट्टराईलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि न्यौपाने पनि आइसोलेशनमा बसेका हुन् । उक्त कार्यक्रममा मन्त्रीसँगै सशस्त्र प्रहरीका धेरैजना र स्थानीय नेता तथा कार्यकर्तासमेत सहभागी थिए ।

यस्तै उपत्यकाका डिआइजी विश्वराज पोखरेल पनि एकान्तबासमा छन् । मन्त्रीसँगै विभिन्न कार्यक्रममा सामेल पोखरेल मन्त्रीमा कोरोना देखिएपछि एकान्तबासमा बस्न पुगेका हुन् । मन्त्री भट्टराईलाई लक्षणसहितको कोरोना संक्रमण देखिएपछि अधिकांश व्यक्ति शंकाको घेरामा परेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.