राजनीति

डा केसीसँगको सहमति कार्यान्वयन गर्न कांग्रेसको माग, चिकित्सकको आन्दोलन स्थगित

नेपाली काँग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै काँग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्तिमार्फत यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराउनुभएको छ । उहाँले काँग्रेस नेतृत्वकोे अघिल्लो सरकारले डा केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गर्नुभएको छ ।

यसै गरीनेपाल चिकित्सक सङ्घले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ । सङ्घले सरकार र अनशनरत डा गोविन्द केसीका बीच शनिबार राति आठ बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जनाएको छ ।

सङ्घले आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालका आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने कार्यक्रम तय गरेको थियो । सङ्घका महासचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै सरकार र अनशनरत डा केसी पक्षबीच सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.