जापान

ओम काउचाको अध्यक्षतामा मगर संघ जापानको नयाँ नेतृत्व

नेपाल मगर संघ जापानको नयाँ अध्यक्षमा ओम काउचा मगर चयन भएका छन् । आइतबार टोकियोमा सम्पन्न संघको २० औं अधिवेशनले काउचाको नेतृत्वमा १५ सदस्यीय नयाँ कमिटी चयन गरेको हो ।

अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा विजय थपामगर, उपाध्यक्षहरूमा प्रेम प्रकाश रोकामगर, दीपा पुनमगर, महिला उपाध्यक्षमा अनु मगर, महासचिवमा रामहरि खपांगीमगरलाई चयन गरेको छ ।

यसै गरी सचिवद्वयमा रुद्र थापामगर, विवेकमान रोकामगर र कोषाध्यक्षमा भिक्टर ठाडामगर, सहकोषाध्यक्षमा सबिन थापामगर चयन भएका छन् ।

संघको प्रवक्तामा महेन्द्र खपांगी मगर, विदेश विभागमा सुनीता श्रिस मगर, सदस्यहरूमा सगुन सूर्यबंशी मगर, अनुज मगर र प्रिन्स पुन मगर सर्वसम्मत चयन भएका छन् ।

निवर्तमान अध्यक्ष नवीन थापा मगरको अध्यक्षतामा भएको अधिवेशनमा नव गठित कार्यसमितिलाई पदभार समेत हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.